सल्यान फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते, अधिकांश घाइतेको अवस्था गम्भीर
साउन ८, २०८२काठमाडौँ । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीले दिएको जानकारीअनुसार दुर्घटना दिउँसो करिब १:०० बजे भएको हो ।
सबै पढ्नुहोस