×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । जहाँ मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ ।

टेन्डरको सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।

यस्तो उजुरी प्राप्त भएपछि समितिले उक्त उजुरीउपर छलफल गर्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेदेखि जारी छ । जहाँ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकमा दफावार छलफल चलिरहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ चलचित्र विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस्