काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला तिन हजार १ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।