राष्ट्रिय नाटक महोत्सवमा कोशी प्रदेशको ‘घरजम’ पहिलो
असोज ३, २०८१काठमाडौं । राष्ट्रिय नाटक महोत्सवमा कोशी प्रदेशको नाटक ‘घरजम’ पहिलो बनेको छ । चेतना नाट्य समूह इलामको प्रस्तुति रहेको उक्त नाटकले पुरस्कारस्वरुप एक लाख रुपैयाँ प्राप्त गर्यो । माधव भण्डारीको लेखन रहेको नाटकबाट सुरेश पोर्तेल र अन्वेष थुलुङ राईले उत्कृष्ट निर्देशक र भावना खपांगी मगरले अभिनेत्रीको पुरस्कार जिते । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिको कथावस्तुमा बनेको नाटक ‘निब’ दोस्रो बन्यो ।
सबै पढ्नुहोस