शीतलहरले सडक चिप्लो भएपछि दाउन्ने खण्डमा १५ घण्टादेखि यातायात अवरुद्ध
पुस १५, २०८२काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको हो । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको जनाइएको छ । शीतलहर कम भएपछि सडक खुल्ने छ ।
सबै पढ्नुहोस