नख्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी पक्राउ
पुस ९, २०८२काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको जनाइएको छ । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
सबै पढ्नुहोस