जनमतका समानुपातिक उम्मेदवार दनुवार नेकपा प्रवेश
फाल्गुण १२, २०८२सिरहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का अध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्। उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सिरहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायतले दनुवारलाई पार्टीमा स्वागत गरेका थिए ।
सबै पढ्नुहोस