×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

प्रवास

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ ।

भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको पहल साथै भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा उनीहरुको उद्धार गरी नेपाल पठाइएको हो ।

दूताबासले किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशी र सोही संस्थाका प्रदीप कुमार सिंहसँग समन्वय गरी बन्धक बनाइएकाहरुको सुरक्षित उद्धार, रिहाइ तथा स्वदेश फिर्ती सुनिश्चित गर्न आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन आग्रह गरेको थियो । 

दूतावासको आग्रहपछि कार्यकारी निर्देशक जोशीको अगुवाइमा नेपाली नागरिकहरू पशुपति कुमार राम, राजनेश यादव र गणेश कुमार यादवलाई राइस मिलमा बन्धक बनाइएको अवस्थाबाट उद्धार गरिएको थियो । उनीहरु सिरहाका हुन् ।

प्रतिकृया दिनुहोस्