×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको बताए । आपतकालीन टोलीहरूले घटनास्थलमा आगो तुरुन्तै निभाएका थिए ।

घटनास्थल पुगेका सेरेड्युकले हेलिकप्टर र चिकित्सा सुविधाहरू तयारी अवस्थामा रहेको बताए । उनले अब मुख्य काम अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु रहेको बताए।

विमानमा कुनै सामान लोड गरिएको थियो कि थिएन भन्ने कुरा स्पष्ट भइसकेको छैन । रुसी सेनाले हतियार र कर्मचारी ढुवानीका साथै खोज तथा उद्धार कार्यका लागि एएन-१२ विमान प्रयोग गर्छ ।

प्रतिकृया दिनुहोस्