×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

स्याङ्जा । कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि नै विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ ।

कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन बन्द गरेको थियो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको थियो । अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको उनले बताए ।

बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन सुरु गर्न सकिने पौडेलले जानकारी दिए ।

कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो ।

अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको सङ्गमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ । बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ ।

यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो ।

प्रतिकृया दिनुहोस्