×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ ।

उनले  भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको छ । काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली आएर थुनिएको नदी विस्फोट गरेर आजै खोल्ने तयारी छ ।’

उनका अनुसार विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग छ ।

आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।

मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयहरू डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए । मौसम खुलेसँगै चामेवासीहरू आज बिहानै घर फर्किएका थिए ।

प्रतिकृया दिनुहोस्