काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढे ।
होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे ।
धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । स्नो रिभर्सको १३.९२, बुंगल हाइड्रोपावरको ४.७५, सुपर माइ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य बढ्यो ।
रिजलाइन इनर्जीको ६.२९, टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२, होटल फरेस्ट इनको ४.०१, नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।