×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

पछिल्लो बाढी प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

पछिल्लो बाढी प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

काठमाडौं । सरकारले ८ देखि ११ असोजसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई  ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तो घोषणा गरेसँगै यी क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्‍याउन सहज हुनेछ ।

सरकारले गोरखाको शहिद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई उक्त सूचीमा राखेको छ । मनाङका चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ यो सूचीमा छन् ।

त्यस्तै म्याग्दीका अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धवलागिरि गाउँपालिका र मालिका गाउँपालिको यो सूचीमा छन् ।

बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बढीगाड गाउँपालिका, तामानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसैगरी पर्वतका जलजला गाउँपालिका, फलेवास नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, १० र ११, विहादी गाउँपालिका–६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई यो सूचीमा राखिएको छ ।

नवलपरासी सुस्ता गाउँपालिका–५ समेत यो सूचीमा छ । सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रतिकृया दिनुहोस्