×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता

क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो ।

१ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो ।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो ।

तर, एक महिना बित्न नपाउँदै फिर्ता बोलाएको हो ।

प्रतिकृया दिनुहोस्