×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

एनपीएलमा आज ब्रेक

एनपीएलमा आज ब्रेक

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

भोलि शनिबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ।

दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।

एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो । 

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

 

प्रतिकृया दिनुहोस्