×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

दोधारा–चादँनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न २० करोड रुपैयाँ लाग्ने

दोधारा–चादँनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न २० करोड रुपैयाँ लाग्ने

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौंबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनस्निर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए ।

टोलीले सात करोड रुपैयाँ बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ । उनले पुल पुनर्निर्माणका लागि भने २० करोड रुपैयाँ लाग्ने बताए ।

‘सात करोड बराबरको क्षति भएको छ । पुनर्निर्माणमा १० करोड रुपैयाँ लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो,’ उपमहानिर्देशक अधिकारीले भने, ‘योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ ।’

उनले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनर्निर्माण थालनी गर्न सकिने बताए । ‘पानी सुकेपछि मात्रै सोयल टेस्ट९माटो परीक्षण० हुने हो । त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ,’ उनले भने ।

उनले बजेट व्यवस्थापन भए पुनर्निर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताए । अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको  प्राविधिक टोलीको भनाइ छ ।

झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन ।

यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुङ्गे पुल पुनस्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस्