×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

१०.७ अंकले घट्यो सेयर बजार

१०.७ अंकले घट्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन ७.१७ अंक बढेको सेयर बजार शुक्रबार फेरि १०.६७ अंक घटेको छ । यो कमीपछि बजार परिसूचक नेप्से २६१८ अंकमा कायम भएको छ। आज कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडको भयो ।

७० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । १० को मूल्य स्थिर रह्यो । समूहगत सूचकमा अन्य सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार ०.६८ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा सधैंझैं जलविद्युत् समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको २ अर्ब ५० करोडको कारोबार भयो । कुल कारोबारमा यो समूहको हिस्सा ६० प्रतिशत हो ।

त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो । हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१, हाथवे इन्भेस्टमेन्टको ४.९९, प्रतिशत मूल्य बढ्यो ।

धौलागिरि लघुवित्तको मूल्य ५.२६, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ४.१७, ग्रामीण विकास लघुवित्तको ३.८७ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी तथा साहस ऊर्जा क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्