काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।