×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

स्वास्थ्य

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

काठमाडौं ।  अब स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै स्वास्थ्य बीमामा आबद्ध व्यक्तिलाई भौतिक कार्ड नभएकै कारण बीमाअन्तर्गतको सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।

बोर्डका अनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएमा स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउन सक्नेछन् ।

त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी उक्त व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ । त्यसपछि बीमाअन्तर्गत पाउने सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ ।

यसभन्दा अगाडि बीमितले भौतिक परिचय देखाएपछि मात्रै अस्पतालले सेवा दिने गरेका थिए ।

बोर्डका प्रवक्ता पवनकुमार शाहले उक्त व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई अस्पतालमा उपचार लिन सहज हुने बताए ।

प्रतिकृया दिनुहोस्