×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।

प्रतिकृया दिनुहोस्