काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।