काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।