×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

मनोरञ्जन

‘मिस युनिभर्स नेपाल’ बनिन् प्रायश्ना गुरुङ, ‘मिस अर्थ नेपाल’ को ताज विनिता ओलीलाई

‘मिस युनिभर्स नेपाल’ बनिन् प्रायश्ना गुरुङ, ‘मिस अर्थ नेपाल’ को ताज विनिता ओलीलाई

काठमाडौं । दुई प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको यसवर्षका विजेताहरू घोषणा गरिएको छ । आइतबार बेलुका आयोजित ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा गरियो ।

‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि प्रायश्ना गुरुङले जितिन् । ‘मिस अर्थ २०२६’को ताज चाहिँ विनिता ओलीले पहिरिइन् । उपाधिका लागि १४ जना सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए ।

फिनालेमा पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायक थिइन् । गुरुङ बेलायतस्थित गैरआवासीय नेपाली हुन् र उनले महिला सशक्तीकरणका कार्यक्रम चलाइरहेकी छिन् ।

उनले नेपाली महिलाको उद्यमशिलता र सशक्तीकरणमा सघाउन ‘द डिग्निटी’ परियोजना संचालन गरिरहेकी छिन् । २७ वर्षिया मिस अर्थ नेपाल ओलीले भने केही वर्ष अन्तर्राष्ट्रिय एयरहोस्टेसको अनुभव लिएको जनाइएको छ ।

‘मिस अर्थ’को आयोजना लामो समयदेखि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले गर्दै आएको थियो । केही वर्ष पहिले संस्थाले आयोजना छाडेको थियो ।

अहिले भने, मिस युनिभर्स नेपालको इजाजत लिएको उक्त संस्थाले नै मिस अर्थको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस्