×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ । बस्तीमा कालीगण्डकीको बाढी पस्दा ८० घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

शनिबार रातिदेखि नै बाढी बस्तिमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए । मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको सशस्त्र प्रहरीले बताएको छ ।

अन्य घरहरू समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर-सामान तथा सबै स्थानीयहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ ।

प्रतिकृया दिनुहोस्