×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।

बैंकका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ । बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ ।

बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्