सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साउन २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रियाअनुसार प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
निर्णय सुनाउँदै कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्यानी खडकाले भनिन्, ‘कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन भदौ २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।’