×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।

प्रारम्भिक जानकारी अनुसार ग्यास पड्कीएर आगलागी भएको खबर आएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्