काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १९०० सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।