×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना मजदुर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ छ ।

प्रतिकृया दिनुहोस्