×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ

विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ

काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्।

विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ ।

यो सूचीका अनुसार अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौं र आयरल्यान्डको डब्लिन छैटौं स्थानमा रहेका छन् । सातौं स्थानमा अमेरिकाको बोस्टन, सान होजे आठौं स्थानमा, जापानको टोकियो नवौं स्थान र स्विट्जरल्यान्डको ज्युरिख दशौं स्थानमा रहेका छन् ।

काठमाडौं कुन स्थानमा ?

नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ। काठमाडौं यो स्थानमा पाँच वटा इन्डेक्सको आधारमा रहेको हो । काठमाडौं अर्थतन्त्रमा ६७० औं स्थानमा, मानवीय क्षमतामा ५६२औँ स्थानमा, जीवनस्तर ८४० औँ स्थानमा, वातावरणमा ६३९ स्थानमा र शासनमा ६३५औं स्थानमा रहेको छ ।

अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र मूल्यांकनमा पाँचवटै आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको हो। यसमा कुनै एउटा पक्षको मात्र अवस्था नभई सहरको आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवनस्तर, वातावरण र शासनको समग्र प्रदर्शनलाई समेटिन्छ।

सूचीमा न्यूयोर्कले १०० अंकसहित पहिलो स्थान पाएको छ भने लन्डनले ९८.८ र पेरिसले ९३.४ अंक पाएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा विश्वमै जीवनस्तरका लागि सबैभन्दा राम्रो सहर बनेको छ। यो शहर समग्रमा भने ४५ औँ स्थानमा छ ।

जीवनस्तरको मूल्यांकन गर्दा मानिसको आम्दानी, आम्दानीबीचको अन्तर, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था र मनोरञ्जन तथा सांस्कृतिक सुविधालगायत विषयलाई आधार बनाइएको छ।

अर्थतन्त्र सूचकका शीर्ष ८ मध्ये ७ सहर अमेरिकाका छन्। सातौँ स्थानमा लन्डन रहँदा अन्य स्थानमा क्रमशः न्युयोर्क, लस एन्जलस, सान जोस, सिएटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन रहेका छन्।

मानवीय पुँजीमा भने लन्डन, दुबई, टोकियो, रियाद, न्युयोर्क, आबुधाबी, पेरिस र सेन्जेन क्रमशः पहिलोदेखि आठौँ स्थानसम्म रहेका छन्। वातावरण सूचकमा होनोलुलु, फोर्टालेजा, बर्गेन, वेलिङ्टन, अराकाजु, सुभा, स्टकहोम र सान्ता क्रुज डे टेनेरिफे क्रमशः पहिलोदेखि आठौँ स्थानमा रहेका छन्।

त्यस्तै सुशासनमा कोपनहेगन, आर्हस, अकल्यान्ड, वेलिङ्टन, क्राइस्टचर्च, हेलसिन्की, टाम्पेरे र ओस्लो क्रमशः पहिलोदेखि आठौँ स्थानसम्म रहेका छन्।

प्रतिकृया दिनुहोस्