×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् ।

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा शम्भुपुरा नजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

खाटुश्यामको भ्रमण गरेर महाराष्ट्र फर्किने क्रममा गाडीमा दुर्घटनामा परेको उनले बताए । उनका अनुसार मृत्यु हुनेमा सबै एकै परिवारका थिए ।

प्रतिकृया दिनुहोस्