×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

काठमाडौं । मुग्लिन(नारायणगढ सडक खण्डको सिमलतालमा सडक भासिएको छ । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक लगभग आधा भाग भासिन पुगेको छ ।

सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्