वीरगञ्ज भन्सारद्वारा छ महिनामा एक खर्ब १६ अर्ब राजस्व सङ्कलन
माघ ६, २०८२वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए।
सबै पढ्नुहोस