एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण
असोज १६, २०८३काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए ।
सबै पढ्नुहोस