नेकपा र राष्ट्रिय मुक्ति पार्टीका सुमन सायमी बीच एकता
पुस ३०, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सायमीले हस्ताक्षर गरेका छन् ।
सबै पढ्नुहोस