एमाले सचिवालय बैठक सुरु
पुस २२, २०८२काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।
सबै पढ्नुहोस