×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

कार्तिक २१, २०८२

काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ। ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नाम दल दर्ताको निवेदन पुगेको छ।

सबै पढ्नुहोस