तनहुँमा झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्धार
असार २६, २०८३काठमाडौं । तनहुँको ब्यास नगरपालिका-३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्दार भएको छ । १७ वर्षीया किशोरी बिहीबार राति साढे ८ बजेतिर पुलबाट नदीमा हामफालेकी थिइन् । उक्त सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्धारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले ती किशोरीको उद्धार गरेको हो । प्रहरी र सेनाको टोलीले राति साढे १० बजेतिर ती किशोरीको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौलीमा पठाएको छ ।
सबै पढ्नुहोस