धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु
भदौ २२, २०८१काठमाडौं । धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । तालमा डुबेका उनको शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस