×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

मकैबारीमा मरेको गैंडा फेला

मकैबारीमा मरेको गैंडा फेला

काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ । स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८:३० बजेतिर दिएका थिए । त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो ।

प्रहरीका अनुसार मृत गैंडामा घाउचोट देखिएको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्