प्रस्तावित १७ राजदूतबारे ३० गते निर्णय लिने
भदौ २७, २०८१काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ । समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो । अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन विहान ९ बजे बैठक बोलाइएको छ ।
सबै पढ्नुहोस