×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै

त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर  २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।

त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ ।  त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।

सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।

त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो । 

प्रतिकृया दिनुहोस्