×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने

आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा राजस्थान रोयल्सले शानदार शुरुवात गर्दै आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेको छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई र दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो । त्यस्तै मुम्बई इण्डियन्सले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । मुम्बईले आफ्नो पहिलो खेलमा कोलकोतालाई पराजित गरेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

सम्भावित प्लेइङ ११:

राजस्थान रोयल्स: यशस्वी जैसवाल, वैभव सूर्यवंशी, रियान पराग (कप्तान), ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, रवीन्द्र जडेजा, डोनोभान फरेरा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, सन्दीप शर्मा र रवि बिश्नोई ।

मुम्बई इन्डियन्स: रोहित शर्मा, रायन रिकेल्टन (विकेटकीपर), तिलक वर्मा, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (कप्तान), नमन धीर, मिचेल सान्टनर, कोर्बिन बोश/ट्रेन्ट बोल्ट, शार्दुल ठाकुर, दीपक चहर र जसप्रित बुमराह ।

प्रतिकृया दिनुहोस्