काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।