×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव फेला

बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवतीको शव फेला

धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्