काठमाडौँ । त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री सस्मित पोखरेल समक्ष उनले शपथ लिएका हुन् ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई बुधबार सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
यसैगरी, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्रा। डा। रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भिकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।