×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

झाँक्री प्रकाश भुजेल र मृतक परिवारबिच सहमति, शव उठाइँदै

झाँक्री प्रकाश भुजेल र मृतक परिवारबिच सहमति, शव उठाइँदै

काठमाडौँ । झाँक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबिच सहमति भएको छ ।

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । मृतक परिवार र भुजेल पक्षको बिचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘अस्पतालबाट शव लगेर दाहसंस्कार गर्न दुवै पक्ष सहमत भएका छन्, आर्थिक विषयमा हामीलाई जानकारी भएन ।’

दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस्