×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

२५ अंक बढ्यो सेयर बजार

२५ अंक बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २५.५५ अंक बढेको छ । सो वृद्धिपछि बजार परिसूचक नेप्से २५८५ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन पनि नेप्से २७ अंक बढेको थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने तयारी गरिरहेका छन् । ती कार्यायोजनाले लगानीकर्ताको मनोबल बढ्ने अपेक्षास्वरुप दुई कारोबार दिनमा सेयर बजार ५२ अंक बढेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो ।

२२६ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ ०.७८, विकास बैंक ०.८७, फाइनान्स १.६७, होटल तथा पर्यटन ०.८६, जलविद्युत् १.१६, लगानी ०.६४, जीवन बीमा १.४५, उत्पादन तथा प्रशोधन ०.५४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा १.५०, अन्य १.३९ र व्यापार समूह १.३८ प्रतिशत बढे ।

आज इनिफिनिटी लघुवित्तको सेयर मूल्य ६.४३, त्रिशूली जलविद्युत् कम्पनीको ६.३८, सिर्जनशील लघुवित्तको ५.९३, सर्वोत्तम पेन्ट्सको ५.४०, मल्टिपर्पस फाइनान्सको ५.२१, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.६८, न्यादी हाइड्रोपावरको ४.५२ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको मूल्य ८.२३ प्रतिशत घट्यो । त्यस्तै अभियान लघुवित्तको ५.२२, इमर्जिङ नेपालको ३.८६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, अपी पावर, रिडी पावर, शिवम् सिमेन्ट तथा सोलु हाइड्रोपावर छन् ।

प्रतिकृया दिनुहोस्