×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।

मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि भोली शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।

मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाई अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।
 

प्रतिकृया दिनुहोस्