×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

काठमाडौं । विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, करेन्ट, भोलाहरू बरामद भएको प्रहरीले बताएको छ ।

विभिन्न ब्राण्डका ७२० प्याकेट चुरोट र जित, सुपर पावर, भोला, मेघाश्री, करेन्ट गरी ६९ पोका बरामद भएको प्रहरीले बताएको छ । बरामद सामान विमानस्थल भन्सारमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

प्रतिकृया दिनुहोस्